काठमाडौँ । ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जितेका छन् । सोमवार राति प्रसारित ग्रान्ड फिनाले एपिसोडमा नेपाली सेनामा आबद्ध तामाङ विजेता घोषित भएका हुन् ।
उपाधि विजेता तामाङलाई हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरे । उपाधिसँगै तामाङले १० लाख नगद र यामाहाको मोटरसाइकल प्राप्त गरेका थिए ।
रोजिता लामा उपविजेता घोषित भइन् । उनले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् । रोजिता पेशाले व्यायाम प्रशिक्षक हुन् ।
उनी ‘हिमालय रोडिज’को इतिहासमा फिनालेसम्म पुग्ने पहिलो महिला प्रतियोगी बनेकी छन् ।







