२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको दाबी : ‘देशभित्र एकताको लागि नेकपाको विकल्प छैन’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रमको विकल्प नरहेको बताएका छन् ।

मुलुकको विकास, समृद्धि, देश तथा पार्टीभित्रको एकताको लागि नेपाली कम्युनिष्ट पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम सबैभन्दा उपयुक्त भएको उनको भनाइ छ ।

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौँ आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।

‘नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकता बलियो बनाउन, शान्ति र समृद्धिको दिशामा अगाडि बढाउन, राजनीति र समाजमा देखिएका विकृति विसंगतिलाई समाप्त पार्न नेकपाको विचार र यसले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम नै विकल्प हो । अर्को बाटो छैन,’ उनले भने ।

नेपाली कम्युनिष्ट पार्टीमा दिनदिनै उत्साह थपिएको बताएका नेपालले यसमा एकीकृत हुने दलहरू र नेता-कार्यकर्ताको संख्या पनि बढिरहेको दाबी गरेका छन्।

‘सबै वर्ग र तहका जनता, सबै उमेर समूहका जनताको आशा र भरोसाको केन्द्र नेपाली कम्युनिष्ट पार्टी नै हो भन्ने सन्देश अहिले सम्प्रेषण भइरहेको छ,’ उनले भने, ‘नेकपा निर्माणको चरणमा केही एकता विरोधीहरूले अनेकौँ बाधा व्यवधान खडा गर्न खोजे पनि जनताले यो पार्टीलाई माया गरेका छन् ।’

उनले रुकुमबाट १५ दिन पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका विद्यार्थी नेता केशव रावलले राष्ट्रिय एकता र पार्टीभित्रको एकता बलियो बनाउन ऊर्जा प्रदान गरेको बताएका छन् ।