२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पल्टेको ग्यास बुलेट हटाउन नसक्दा पूर्व-पश्चिम राजमार्ग १३ घण्टादेखि अवरुद्ध

अ+ अ-

काठमाडौँ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग झन्डै १३ घण्टादेखि अवरुद्ध छ।

ग्यास बुलेट उठाउन ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोली नै खट्यो । तर बुलेट लिक भएका कारण उनीहरूको दिनभरिको प्रयास सफल हुन सकेन ।

रौतहट प्रहरीका अनुसार राजमार्गमा पल्टिएको ग्यास बुलेट उठाउने प्रयास दिनभरि नै जारी रहे पनि प्राविधिक कारणले ग्यास बुलेट उठाउन नसकिएको बताइएको छ ।

प्राविधिक टोलीले ग्यास बुलेट उठाउनका लागि धेरै प्रयास गरे पनि बुलेटबाट ग्यास लिक भएका कारण प्राविधिक टोलीको प्रयास सफल हुन सकेन । अझै पनि प्राविधिकहरू खटिरहेका छन् । तर पनि राजमार्गबाट ग्यास बेलुट तत्काल उठाउन सम्भव देखिएको छैन ।