२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालयप्रतिको भ्रामक र मिथ्या सूचनाप्रति बार एसोसिएसनले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रविधिको दुरुपयोग गरी भ्रामक, मिथ्या सूचनाहरू एवं घृणाले भरिएका अभिव्यक्तिहरू, धम्की, चरित्र हत्या र दुष्प्रचार प्रकाशन तथा प्रसारणको कार्य भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

बारको आज बसेको कार्यसमिति, पूर्वअध्यक्ष, महासचिव, उपलब्ध बार एकाइका पदाधिकारीसहितको बैठक महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको १४ बुँदे सुझावसहितको प्रेस विज्ञप्तिमा उक्त आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘केही समयदेखि अदालत, न्यायाधीशहरू र कानुन व्यवसायीप्रति लक्षित सामाजिक सञ्जालका पेजहरू र विभिन्न प्रकारका सञ्चारमाध्यममार्फत सूचना प्रविधिको दुरुपयोग गरी भ्रामक, मिथ्या सूचना एवं घृणाले भरिएका अभिव्यक्तिहरू, धम्की, चरित्र हत्या र दुष्प्रचार प्रकाशन तथा प्रसारणको कार्य भइरहेकोप्रति बारको गम्भीर आपत्ति रहेको छ।’

बारले अदालतप्रति तथ्यहीन अनावश्यक टिप्पणी र अतिरञ्जन पूर्ण अभिव्यक्तिहरू एवं प्रमाणविहीन आरोपलाई स्वयं सूचना लिई शीघ्र कानुनको शासनको प्रत्याभूति दिलाउन सम्बन्धित सम्पूर्ण निकायसमक्ष जोडदार माग गरेको छ।

‘समग्र न्यायप्रणाली, न्यायाधीश र कानुन व्यवसायीउपर भ्रामक, कपोलकल्पित र सतही आरोप लगाई न्याय क्षेत्रको तेजोबध गर्ने क्रियाकलाप भइरहेको र कानुनको रक्षक नेपाल सरकार यस कार्यको मुकदर्शक भई यस्ता कार्यलाई प्रश्रय दिइरहेको घटनाको भर्त्सना गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको कार्यमा न्यायक्षेत्रका व्यक्ति, पूर्वन्यायाधीश, बहालवाला कर्मचारी, कानुन व्यवसायी र विभिन्न व्यक्तिहरूको संलग्नता देखिएकाले तत्तत् क्षेत्रका नियामक निकाय र कानुन कार्यान्वयन गर्ने निकायलाई उल्लिखित कार्य नियन्त्रण गर्न बार अनुरोध गर्दछ।’

बारले न्यायक्षेत्रलाई नियोजित रूपमा कमजोर पारी कानुनी शासनलाई विफल तुल्याउने उद्देश्यले भएको यसप्रकारको कार्य अविलम्ब रोक्न सबै पक्षसँग अनुरोध गरेको छ।

बारले भनेको छ, ‘न्यायपालिकाको सुधार सम्बन्धमा न्यायपालिकाको विभिन्न समयका आफ्नै प्रतिवेदनले स्वीकार गरेको तथ्यप्रति सचेत रहँदै, यसअघिका बारको राष्ट्रिय सम्मेलन, कार्यकारी परिषद्को बैठक र साधारण सभाद्वारा अदालत सुधारका विषयमा बारलाई निर्देशित भएका विषय कार्यान्वयनार्थ हामी निरन्तर लागिरहेका छौँ।’

तथ्यपरक, प्रमाणिक, स्वस्थ टिप्पणी, आलोचना र प्रश्नहरू तथा प्राज्ञिक अध्ययन र सिफारिसहरू मर्यादित सीमाभित्र रही गर्न पाउनुपर्छ भन्नेबारे दृढ रहेको उल्लेख गर्दै बार संस्थागत पारदर्शितासहितको उत्तरदायी न्यायपालिकाका पक्षमा रहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि प्रणाली बनाइन्न यो क्रमशः विकसित हुँदै जान्छ, यसका लागि सामाजिक आवश्यकताअनुरूप परिवर्तनका आकांङ्क्षाको बोधगम्य, गतिशील र वैध सम्बोधनले मात्र प्रणाली बलियो बनाउँछ भन्ने विश्वव्यापी मान्यतामा हामी विश्वास राख्दछौँ, साथै संस्थागत आन्तरिक एकता र सहकार्यको अपेक्षा गर्दछौँ।’

बारले कानुनी शासनको न्यूनतम सर्त भयमुक्त र स्वतन्त्र न्यायपालिका भएको र बारका साथै न्यायपालिकामाथि सुरुमा भौतिक आक्रमण गरेर र हालका दिनमा विभिन्न माध्यमबाट भय र त्रास सिर्जना गरी निर्देशित र नियन्त्रित न्यायपालिका सञ्चालन गर्ने नियतको भर्त्सना गरेको छ।

‘दण्डहीनता अन्त्य गर्ने, अराजकता रोक्ने र भयरहित समाजको सिर्जना गर्ने प्रथम एवं प्राथमिक दायित्व राज्य र सरकारको हो’, विज्ञप्तिमा भनिएको छ, ‘विगतलाई दोषारोपण गरेर दायित्वहीन हुने, अदालतको जनआस्थामा ह्रास पैदा गराउने, त्यसतर्फ सङ्गठित रूपले सक्रिय भएकाप्रति मुकदर्शक भएर त्यसलाई मलजल गर्ने सरोकारवाला निकायको कार्यविहीनताको हामी कडा शब्दमा विरोध गर्दछौँ।’

लोकतन्त्र, मानव अधिकार, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको रक्षार्थ नेपाल बार एसोसिएसन प्रतिबद्ध रहेको उल्लेख गर्दै बारले उल्लेखित विषयका सम्बन्धमा विविध कार्यक्रमकासाथ सम्पूर्ण सरोकारवालालाई परिचालित हुन अनुरोध गरेको छ। स्थिति थप बिग्रन नदिन बारले तत्काल राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरी ज्ञापन पत्र बुझाइने कार्ययोजना रहेको महासचिव कोइरालाले जानकारी दिए।

साथै, बारले दीर्घकालीन रूपमा समस्या निदान गर्न प्राध्यापक, शिक्षक, पत्रकार, चिकित्सक, इन्जिनियरसहितको पेसागत सञ्जाललाई सक्रिय हुन आह्वान गरी कार्यक्रम आयोजना गरिने जनाएको छ। त्यस्तै, न्यायक्षेत्रको संवेदनशीलतामा ध्यान दिँदै विकृति विसङ्गतिविरुद्ध आवश्यक सुधारका लागि बार निरन्तर लागिरहेको जनाएको छ।

बारले हालका दिनमा समग्र न्याय क्षेत्रउपर सामाजिक सञ्जालमार्फत भइरहेको आक्रमण, अदालतका न्यायाधीश एवं बारमा आबद्ध कानुन व्यवसायीको नाम नामेसी तस्बिर आदि राखी भइरहेको प्रचारबाजी एवं समग्र परिस्थितिका सम्बन्धमा मूल्याङ्कन गरी स्पष्ट धारणा तयार गरिएको बारका महासचिव कोइरालाले बताए। रासस