काठमाडौँ । बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै रिक्त सहसचिव पदमा कार्यक्षमताको आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा समितिको बुधबारको निर्णयअनुसार नेपाल विविध सेवा, सूचना प्रविधि विज्ञ समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत उम्मेदवार मनिष भट्टराई, र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत रमेश प्रसाद मैनाली र हरि प्रसाद अर्याललाई बढुवाका लागि सिफारिस गरिएको हो ।








