२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

अ+ अ-

महोत्तरी । मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको छ । मटिहानीले पछिल्ला तीन वर्षदेखि बर्सेनि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्दै आएको छ ।

यस वर्ष यही पुस ८ देखि १६ गतेसम्म नौ दिन सञ्चालित शिविरमा करिब आठ हजारले घर आँगनमै सेवा लिएको नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिकाबाट प्राप्त सेवा एकीकृत रूपमा प्रदान गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

“यसपालि शिविरका बेला प्रतिकूल मौसम शीत लहर रह्यो, त्यही पनि सात हजार ९०९ जनाले सेवा लिएका छन्” नगरप्रमुख मण्डलले भने, “आम नागरिकलाई कार्यालयबाट दिइने सेवाप्रति नयाँ आशा जगाउन यो प्रभावकारी भएको छ ।” यसले जनप्रतिनिधि, कर्मचारी र जनताबीच सम्बन्ध सुमधुर बनाएको उनको भनाइ छ ।

शिविरमा सबैभन्दा बढी पशुपालक किसानले सेवा लिएका छन् । दुई हजार ८४९ घरपालुवा पशुको स्वास्थ्य जाँच र उपचार गरिएको छ । त्यसै गरी दुई हजार ३०१ किसानले तरकारीको बीउ बिजन लिएका छन् । मटिहानी नगर क्षेत्र जिल्लामै तरकारी खेतीको पकेट क्षेत्र मानिन्छ ।

एक हजार ६३२ जनाले स्वास्थ्य चौकीबाट स्वास्थ्य जाँच र उपचार सेवा लिएका छन् । आयुर्वेद कार्यालयबाट ८७१ जनाले स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि लिएका छन् । १०६ ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र बनाएको र ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको छ । ६२ वटा व्यक्तिगत घटना दर्ता र तीन जना अपाङ्गता भएकाको परिचयपत्र बनेको कार्यालयले जनाएको छ ।