२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको बन्द सूचीबाट आफ्नो नाम हटाउन कल्पना मगरको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्द सूचीमा नाम रहेकी कल्पना मगरले आफ्नो नाम हटाउन आग्रह गरेकी छन् । आफू अहिलेसम्म राजनीतिमा नलागेको र अहिलेसम्म स्वतन्त्र नै रहेको भन्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

राप्रपाले कल्पनालाई आदिवासी-जनताति महिलाको क्लस्टरमा आठौँ नम्बरमा राखेको छ । कल्पनाले आफू यस्तो कोटा प्रणालीको पक्षमा नरहेको प्रष्ट पारेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राप्रपाले मलाई जनजाति कोटाबाट समानुपातिक उम्मेदवार घोषणा गरेको रहेछ । सायद म योग्य भएरै एउटा सम्मान स्वरूप मलाई ठाउँ दिएको हुन सक्छ । तर यस्तो कोटा प्रणाली खारेज हुनुपर्छ भनिआएकी थिएँ । जबसम्म जनजाति, आदिवासी र दलित भन्ने कोटा प्रणाली रहिरहन्छ, तबसम्म यो वर्ग समुदाय कहिल्यै माथि उठ्न पनि सक्दैन भन्ने लाग्छ ।’

कल्पनाले आफू राजनीतिमा लाग्ने समय नआइसकेको बताएकी छन् । यद्यपि देश, धर्म र राजाको वकालत गरिरहने र राप्रपाप्रति नैतिक समर्थन रहेको उनको भनाइ छ ।

‘मलाई लाग्छ मैले अहिले नै राजनीति गर्ने समय आएको छैन । भविष्यमा म राजनीतिमा गरौँला नगरौला त्यो समयले नै बताउने छ । अहिलेसम्म म स्वतन्त्र छु र स्वतन्त्र रही आफ्नो जागरण अभियान फैलाउने काम गर्न चाहन्छु । देश, धर्म र राजाको लागि मेरो स्वाभिमान कहिले डगमगाउने छैन । यी गणतन्त्रवादीहरूले मलाई राजाको रैती भनेपनी म ट्याग भिर्न तयार छु । म राप्रपा लाई नैतिक समर्थन गर्छु, गरिरहन्छु । तर मेरो समानुपातिक बाट गएको नाम हटाउन आग्रह गर्न चाहन्छु,’ उनले भनेकी छन् ।