२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले आगामी पुस मसान्तसम्म सेवाग्राहीलाई गुज्रिएको म्याद लिन पाउने सुविधा दिने 

अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले आगामी पुस मसान्तसम्म अदालतका सेवाग्राहीहरूले गुज्रिएको म्याद लिन पाउने सुविधा दिने भएको छ ।

जेन जेड आन्दोलनका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेका कैयौँ मुद्दाको फाइल नष्ट भएको थियो । ती मुद्दाका कतिपय पक्षहरूले म्याद लिएका थिए भने कतिपयको म्याद गुज्रिएको थियो ।

म्याद गुजारेका सेवाग्राहीहरूको हकमा अन्योल थियो । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले एक आन्तरिक प्रतिवेदनमाथि सम्बोधन गर्दै अदालतबाट सूचना प्रवाह भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था गरेको हो ।

आगजनीबाट सबैजसो मुद्दाको मिसिल जलेर नष्ट भएकाले सर्वोच्च अदालतले हदम्याद, म्याद र तारिखका लागि मंसीर मसान्तसम्मको समयसीमा तोकेको थियो ।

त्यतिबेला नै सूचना निकालेर उसले जलेका कागजात, प्रमाण लगायतका मिसिलका कपीहरू उपलब्ध गराइदिन ६० दिने सूचना निकालेको थियो ।

‘मुद्दाको कागजात बुझाउन ६० दिनको समय दिने, तर सेवाग्राहीलाई तारिखका लागि ३० दिन मात्रै समय दिएको अलि मिलेन कि भन्ने प्रश्न उठेको थियो’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘त्यही विषय सम्बोधन गर्न १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन गरेर पुस मसान्तसम्म तारेखको सुविधा दिने निर्णय भएको हो ।’

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सर्वोच्च अदालतका बहालवाला १९ जना न्यायाधीशहरूको टोलीले हदम्याद, म्याद र तारिखका लागि पुस मसान्तसम्मको मिति तोकेको हो ।

छ वर्षअघिको कोरोना महामारीको बेलामा पनि सेवाग्राहीहरूले अदालतको हदम्याद, म्याद र तारिख गुजारेका थिए । त्यतिबेला पनि बृहत् पूर्ण इजलासले सेवाग्राहीको हदम्याद र म्याद थाम्ने निर्णय गरेको थियो ।