काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद थप्ने प्रस्ताव भएको छ।
सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरेका हुन्।
यसअघि पुस २६ गतेदेखि महाधिवेशनको कार्यतालिका ल्याउँदा माघ मसान्तसम्म म्याद थपिएको थियो।







