२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

अ+ अ-

मुस्ताङ । मुस्ताङ र मनाङमा एकैसाथ दुर्लभ हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन् ।

यसअघि एक्याप तथा हिउँचितुवासम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायले हिउँचितुवाको सम्भावित बासस्थान रहेका स्थानमा सीमित सङ्ख्यामा क्यामरा ट्रयापिङ गरी सर्वेक्षण गर्दै आएका थिए । यस कारण मुस्ताङ र मनाङमा कतिको सङ्ख्यामा हिउँचितुवा छन् भन्ने यकिन हुन सकिरहेको थिएन । यस वर्ष भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङ र मनाङले हिउँचितुवाको सर्वेक्षणका लागि क्यामेरा ट्र्यापिङलगायत काम गरिरहेका छन् ।

 हिउँ यामको सर्वेक्षणको उपयुक्त समय भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए । हिउँदयाममा समुन्द्री सतहको करिब चार हजार मिटरको उचाइमा हिउँ पर्ने भएकाले घाँसको अभाव हुने भएकाले हिउँचितुवाको आहारा प्रजाति तल झर्छन् । सर्वेक्षणका लागि मुस्ताङका १६१ ग्रीडमध्ये चार पालिकामा १३० वटाभन्दा बढी क्यामेरा ट्रयापिङ गरिने प्रमुख पौडेलको भनाइ छ । 

 सर्वेक्षणमा हिउँचितुवाको बासस्थान र आवतजावत गर्ने स्थानको उच्चलेंकमा एक्यापका प्राविधिक तथा स्थानीयवासी परिचालन गरिएको उहाँको भनाइ छ । एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न हिउँचितुवाको बासस्थान रहने क्षेत्रमा ९९ वटाभन्दा बढी क्यामेरा राखिने योजना रहेको जनाएको छ । 

 यसैगरी, एक्याप जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्ता आसपासका क्षेत्रमा ट्रयापिङका लागि सात वटा क्यामेरा जडान गरेको छ । यसअघि यहाँको मार्फा, चिमाङ, ठिनी, झोङ र छेङ्गुर लगायतका लेंकमा बायोकोस नेपाल र एक्यापले १६ वटा क्यामरा राखिसकेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । 

प्रमुख गुप्ताका अनुसार मुस्ताङमा हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन र हिउँचितुवाको आहारा प्रजातिको अवस्थासम्बन्धी अध्ययनका लागि क्यामेरा ट्रयापिङ भइरहेको बताए ।

 मनाङमा पनि अगस्टको दोस्रो सातादेखि हिउँचितुवाको सर्वेक्षण सुरु भइसकेको एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार मनाङमा सर्वेक्षणका लागि १२९ वटा क्यामेरा ट्रयापिङ गरिसकेको र हाल राखिएका क्यामेराहरूको अनुगमन तथा निगरानी गर्ने काम भइरहेको छ । 

 “हामीले मनाङका चार पालिकामा हिउँचितुवाको बासस्थान क्षेत्रमा क्यामेरा ट्रयापिङ गर्ने काम सकेका छौँ, एकाथ आवश्यक ठाउँमा क्यामेरा थप्ने काम भएको छ”, कार्यालय प्रमुख भुजेल भने, “यहाँ हामीले २२ वटा क्यामेरा हिमाली ब्वाँसोका लागि र बाँकी १०७ वटा क्यामेरा हिउँ चितुवा र चितुवाको अध्ययनका लागि छुट्याएका छौँ ।”

मुस्ताङ र मनाङमा हिउँचितुवा सर्वेक्षणका लागि राखिएका क्यामेरा छ महिनासम्म फिल्डमै रहने जनाइएको छ । त्यसपछि हिउँचितुवाको सर्वेक्षणका लागि राखिएका क्यामेरा निकालेर डेटा सर्वेक्षण सुरु गरिने छ ।