२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै

अ+ अ-

सान फ्रान्सिस्को । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब आठ दशमलव छ प्रतिशतले घटेको शुक्रबार जनाएको छ । यससँगै वार्षिक विद्युतीय सवारी बिक्रीमा चीनको बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेको छ ।

कम्पनीका तथ्यांकअनुसार टेस्लाले सन् २०२५ मा करिब सोह्र लाख पचपन्न हजार विद्युतीय सवारी उत्पादन गरेको थियो भने करिब सोह्र लाख छत्तीस हजार सवारी डेलिभर गरेको थियो । सन् २०२४ मा भने कम्पनीले करिब सत्र लाख त्रिहत्तर हजार सवारी उत्पादन र सत्र लाख उनान्नब्बे हजार सवारी डेलिभर गरेको थियो ।

अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ ।

सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले करिब चार लाख चौँतीस हजार सवारी उत्पादन गरेको थियो भने चार लाख अठार हजारभन्दा बढी सवारी डेलिभर गरेको थियो । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सोह्र प्रतिशतले कम हो ।

यसैबीच, चिनियाँ कम्पनी बीवाईडीले सन् २०२५ मा विश्वव्यापी रूपमा करिब बाइस लाख सत्तावन्न हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब सत्ताइस दशमलव छ प्रतिशतले बढी हो। बीवाईडीका अनुसार चीनबाहिर एशिया, युरोप र ल्याटिन अमेरिकाजस्ता बजारमा पनि यसको बिक्री तीव्र रूपमा बढिरहेको छ ।

टेस्ला अझै पनि अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी हो र घरेलु विद्युतीय सवारी बजारको करिब पैँतालीस प्रतिशत हिस्सा ओगटेको छ । तर, बिक्री घट्दै जानुले अमेरिकी विद्युतीय सवारी बजारमा समग्र सुस्तता देखिएको संकेत गरेको छ ।

अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा सबै ब्रान्डका विद्युतीय सवारी बिक्री अघिल्लो वर्षको तुलनामा चालीस प्रतिशतभन्दा बढीले घटेको थियो ।

उद्योग विश्लेषकहरूका अनुसार सन् २०२६ मा पनि अमेरिकामा विद्युतीय सवारी बिक्री कमजोर नै रहने अनुमान गरिएको छ ।