काठमाडौँ। प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१० बस्ने झापा घर भएका ४६ वर्षीय नविन रिजाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।







