२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली राजनीतिमा युवाको हस्तक्षेप : समयको अपरिहार्यता

अ+ अ-

नेपालको राजनीतिक परिदृश्यमा नवयुवा (जेन जेड) पुस्ताको विद्रोहपछि मुलुक अहिले निर्वाचनमा होमिएको छ । नेपाली जनताको पटक–पटकको आन्दोलन र बलिदान खेर जान नदिन नेपाली राजनीतिमा पुस्तान्तरण र रूपान्तरण अपरिहार्य भइसकेको छ । विगतका आन्दोलनका अग्र मोर्चामा रहेका युवा राजनीतिक लाभबाट भने सधैं वञ्चित भए । तर यसपटकको जेन जेड आन्दोलनले युवाहरू आफैं किङ मेकर बनेका छन् । आफ्ना अधिकारका लागि आन्दोलन गरी २४ घण्टामै सत्ता पल्टाइदिए । त्यतिमात्र होइन, विभिन्न धारमा विभक्त वैकल्पिक राजनीतिक दल र शक्तिलाई एउटै ठाउँमा ल्याउन समेत युवाले मुख्य भूमिका खेले । देशको आवश्यकता र जनचाहनालाई पूरा गर्न कुनै कसर बाँकी नराखी युवाहरू अग्रसर भएका छन् । यही सन्दर्भमा नेपाली राजनीतिमा युवाले खेलेको भूमिका र युवा सहभागिताको महत्वबारे यस आलेखमा चर्चा गर्न खोजिएको छ ।

स्थानीय निर्वाचनमा बहुसंख्यक युवा उम्मेदवारका रूपमा सहभागी भए । २१ देखि ४० वर्षसम्मको उमेर समूहलाई आधार मान्दा झन्डै ४१ प्रतिशत युवा निर्वाचित भए । तीमध्ये ३८५ जना स्वतन्त्र युवा उम्मेदवारले जित हासिल गरे । काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाको नेतृत्व स्वतन्त्र व्यक्तिहरूले गरिरहेका छन् । काठमाडौँमा बालेन्द साह(बालेन) र धरानमा हर्क साम्पाङको शानदार जितले नेपाली युवालाई राजनीतिमा उत्साहित गरेको छ । परम्परागत राजनीतिक दल र नेतृत्वप्रति आम नागरिकमा देखिएको निराशामा आशा जगाउन युवाको उपस्थिति अनिवार्य छ । दलिय सिन्डिकेट तोड्न स्वतन्त्र युवा र दलभित्र रहेका सचेत युवाले हस्तक्षेप गर्ने अहिले उपयुक्त समय हो ।

युवा राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तन र रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । राजनीतिमा युवालाई आकर्षित र सहभागी गराउन सके विश्वव्यापी लोकतन्त्र बलियो हुन्छ । विश्वव्यापी रूपमा युवा मतदाताको तथ्यांक हेर्दा २० देखि ४४ वर्ष उमेर समूहका मानिस ५७ प्रतिशत छन् । तर संसदमा युवा सहभागिता निकै न्यून छ । दुई सय पचहत्तर सदस्यीय प्रतिनिधि सभामा ४० वर्षमुनिका केवल २८ जना युवा छन् भने ६० वर्षमाथिका ८८ जना ज्येष्ठ नागरिक छन् । प्रत्यक्षभन्दा समानुपातिक प्रणालीबाट युवाहरू संसदमा पुग्न सफल भएका छन् । ७१.४२ प्रतिशत युवा समानुपातिकबाट आएका छन् भने ७१.५९ प्रतिशत ज्येष्ठ नागरिक प्रत्यक्ष निर्वाचनबाट संसद पुगेका छन् । यसले अझै पनि निर्वाचन जितेर संसदमा पुग्न युवालाई गाह्रो छ भन्ने संकेत गर्छ । निर्वाचनमा हुने अस्वस्थ प्रतिस्पर्धा, पैसा र शक्तिको चलखेलले युवालाई निराश बनाएको छ । तर अहिले केही आशाको सञ्चार भएको छ । जेन जेड आन्दोलनको जगमा बनेको नागरिक सरकारले तोकिएको मिति फागुन २१ मा निर्वाचन सम्पन्न गर्न सके बहुसंख्यक युवा पुस्ता संसदमा पुग्ने सम्भावना छ । पुराना राजनीतिक दलको असफलता र निराशाबाट उत्पन्न नयाँ राजनीतिक शक्तिप्रतिको आशाले युवामा राजनीतिक चेतना फैलिएको छ ।

संसारका इक्वेडर, फिनल्यान्ड, नर्वे र स्विडेनजस्ता देशमा ३० वर्षमुनिका झन्डै १० प्रतिशत युवाले संसदमा प्रतिनिधित्व गर्छन् । विकासका विभिन्न मुद्दामा युवाको विशेष भूमिका हुन्छ । युवाको उपस्थितिले राजनीतिमा मौलाउँदै गएको पुरातनवादी सोच परिवर्तन गर्न सक्छ । युवालाई प्रोत्साहन गर्दा नेतृत्व क्षमता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन्छ । युवाको सक्रियताले सामाजिक आन्दोलनले गति लिन्छ । विश्वभर युवा परिचालन लोकतन्त्रलाई सही दिशा दिन र संस्थागत विकास गर्न महत्वपूर्ण मानिन्छ । नेपालमा पनि सामाजिक मुद्दामा युवाले स्वतन्त्र रूपमा सडक संघर्ष गर्दै आएका छन् । इन अफ इज इन अफ देखि अकुपाई बालुवाटार सम्मका अभियानहरूले सरकारलाई दबाब त दिए, तर जेन जेड आन्दोलनले सरकार नै ढालिदियो ।

राजनीतिमा युवा सहभागिताबारे बहस परम्परागत रहँदै आएको छ । राजनीतिक दलले युवालाई उम्मेदवारभन्दा मतदाता र कार्यकर्ताका रूपमा मात्र सीमित गर्न खोज्छन् । तर सहभागितामा आधारित समावेशी लोकतन्त्र युवाको जनसंख्या अनुसारको उपस्थितिबाट मात्र सम्भव हुन्छ । युवालाई राजनीतिमा संलग्न गराउँदा संख्यात्मक र गुणात्मक दुवै हिसाबले समाज लाभान्वित हुन्छ । युवाले चुनाव लडेर संसदमा नपुगेसम्म उनीहरूको मुद्दा सुन्ने कोही हुँदैन । जसको सवाल, उसकै नेतृत्व हुनुपर्छ । संविधान र कानुनमा धेरै व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन कमजोर छ । युवा, महिला, तेस्रो लिङ्गी, आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यकका अधिकार सुनिश्चित गर्न सामूहिक आवाज बुलन्द गर्नुपर्छ । ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेझैं सामूहिक प्रयत्नले मात्र बिग्रिएको राजनीतिलाई सही दिशामा लैजान सकिन्छ ।

राजनीतिक दललाई जनताप्रति उत्तरदायी बनाउन दुई उपाय उपयुक्त देखिन्छन् । पहिलो, दलभित्र रहेका युवाले पार्टीभित्रै हस्तक्षेप गर्नु । दोस्रो, क्षमता र योग्यता भएका युवाले उम्मेदवारी दिएर बाहिरबाट हस्तक्षेप गर्नु । युवाको हस्तक्षेपले मात्र पुरानो पुस्तालाई राजनीतिबाट अवकाश लिन बाध्य पार्न सक्छ । संसदमा युवाको उपस्थितिले नीति निर्माणमा शुद्धीकरण र नवीन सोचको योगदान दिन्छ । राजनीतिक दलले युवालाई अवसर दिन कञ्जुस्याइँ गर्नु हुँदैन । युवालाई राजनीतिमार्फत देश विकासमा सहभागी गराउन सके मात्र विकास र समृद्धि सम्भव हुन्छ ।

युवा नेतृत्वको विषय राजनीतिक दलभित्र उनीहरूको सहभागिता र नेतृत्व क्षमतामा निर्भर गर्छ । विश्व इतिहास हेर्दा युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट १९ वर्षमै सांसद निर्वाचित भइन् । बेलायतकी म्हाहारी ब्ल्याक २० वर्षमै सांसद भइन् । न्यूजिल्यान्डकी ज्यासिन्डा आर्डन २८ वर्षमा सांसद, ३७ वर्षमा प्रधानमन्त्री भइन् । फ्रान्सका इमानुएल माक्रों, क्यानडाका जस्टिन ट्रुडो, फिनल्यान्डकी सन्ना मरिनजस्ता उदाहरणले युवाले नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गर्छ ।

नेपालको इतिहासमा जङ्गबहादुर राणाले ३१ वर्षमै सत्ता सम्हाले, बीपी कोइराला ४५ वर्षमै प्रधानमन्त्री बने । तर आजका धेरै नेता जीवनभर नेतृत्वमै टिकिरहन चाहन्छन् । यसले नयाँ पुस्ताको बाटो बन्द गरेको छ । यद्यपि स्थानीय तह निर्वाचनमा देखिएको युवा सहभागिता आशाको संकेत हो ।

आज नेपाली राजनीतिमा आलोचनात्मक चेत भएका युवा कम छन् । राजनीति सिन्डिकेटको चंगुलमा फसेको छ । क्षमता भन्दा उमेर र नजिकपनका आधारमा पद बाँडिन्छ । राजनीति व्यापारीकरण र अपराधीकरणतर्फ उन्मुख हुँदै गएको छ । यस्तो अवस्थामा युवाले वैकल्पिक नेतृत्व प्रस्तुत गर्नैपर्छ ।

लोकतन्त्र संस्थागत गर्न दलभित्र आन्तरिक लोकतन्त्र आवश्यक छ । पारदर्शिता, जवाफदेहिता, विधिको शासन, शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यलाई जिम्मेवार बनाउने दायित्व युवाकै हो । युवाले भविष्यका कर्णधार मात्र होइन, वर्तमानका साझेदार पनि हुन् भन्ने बुझाइ आवश्यक छ । युवालाई परिचालन मात्र होइन, अवसर र जिम्मेवारी दिनु अपरिहार्य छ । योग्य व्यक्ति नेतृत्वमा पुगे मात्र नीति सही बन्छ र कार्यान्वयन प्रभावकारी हुन्छ । नेपालमा समस्या नीतिको होइन, नेतृत्वको हो ।

त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न अब युवाले राजनीतिमा निर्णायक हस्तक्षेप गर्नैपर्छ ।

लेखक नेपाल युवा संस्था सञ्जाल (आयोन) की अध्यक्ष हुन् ।