२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ

अ+ अ-

काठमाडौँ । शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेतको संलग्नतामा अनुसन्धान तथा खोज अभियानका क्रममा यसरी व्यक्ति हत्या र लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 

 पक्राउ पर्नेमा ओखलढुंगाका २८ वर्षीय मिलन भन्ने संगम राई, सोही जिल्लाका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् ।

उनका अनुसार ती गिरोहले यही पुस १५ गते ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका–६, भदौरे गैरीगाउँस्थित शोभितमान किराना पसल सञ्चालन गरी बस्ने ६० वर्षीय शोभितमान थापा मगर र निजकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरी लुटपाट गरेका थिए । उनीहरूले पसल तथा कोठामा रहेको अन्दाजी रु. एक लाख नगद तथा दुई तोला सुनको गरगहना र छ तोला काँचो सुनसमेत लुटपाट गरी लगेका थिए ।

उक्त घटनापछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धानपश्चात् उक्त घटनामा संलग्न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनीहरूले गत असोज २६ गते राति ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को बीभत्स हत्या गरी नगद तथा सुनका गरगहनासमेत लुटपाट गरेको पाइएको छ ।

उनीहरूका साथबाट हत्यामा प्रयोग भएको बन्चरो, लुटिएको सुन, गरगहना, खुकुरी, पसलबाट लुटिएको रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र चार वटा मोबाइल बरामद गरिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको ब्युरोले शनिवार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।