२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा शान्ति, सद्‌भाव र एकताको बाटो रोज्न मुख्यमन्त्री यादवको आग्रह

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौँदेखि हिन्दु-मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रूप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सद्भाव र एकताको लागि अपिल गरेका हुन् ।

मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको बताएका छन् । ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए । ‘हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्‍याउँछ,’ मुख्यमन्त्री यादवको भनाइ छ ।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप मजबुत बनाइने बताएका छन् । साथै, कुनै पनि किसिमका अफवाह र घृणात्मक गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिनेमा विश्वस्त रहन आग्रह पनि गरेका छन् ।