२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

अ+ अ-

काठमाडौँ । ३०४ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौँ एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । सोमबार गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो ।

राज्य एकीकरणको क्रममा राजा पृथ्वी नारायणशाहद्धारा प्रयोग भएको गोरखादेखि काठमाडौँसम्मको पदमार्गमा सेनाले यात्रा गर्ने छ ।

अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज गण) को झण्डा सहित पदयात्रामा निस्किएका छन् । सेनाको पहिलो पाँच कम्पनीसहित रुद्रध्वज गण, भैरव गण, शेर गण, भैरवीदल गण र शार्दुलगणको टोली यात्रामा सहभागी छन् ।

सोमवार एक कार्यक्रमकाबीच उनीहरूलाई टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी भोलानाथ थापाले र स्थानीय जनप्रतिनिधिले संयुक्त रूपमा उनीहरूलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

पदयात्रामा निस्किएको टोली पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुदै आज घाटवेशी पुगेर टर्च र झण्डा धादिङको भैरव गणलाई बुझाउने छ । धादिङले नुवाकोटको शेर गण र नुवाकोटले पौष २६ गते काठमाडौँको शार्दूल गणलाई हस्तान्तरण गर्ने छ ।

२७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजित कार्यक्रममा सहभागी हुने नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।

नेपाली सेनाले २०७६ सालदेखि पदयात्रा सुरु गरेको हो । एकीकरण मार्गमा रहेको कोट र गढी संरक्षण गर्ने उद्देश्य समेत रहेको बताइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ लगायत सहभागी थिए ।