२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निधिमाथि भएको दुर्व्यवहारप्रति विशेष महाधिवेशन पक्षधरले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

सचिवालयले बुधबार वक्तव्य जारी गरेर नेता निधिमाथि केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकमा सहभागी हुन जाने क्रममा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो ।

‘नेपाली काँग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री आदरणीय नेता विमलेन्द्र निधिज्यूलाई नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपाको परिसरमा भएको अपमानजनक क्रियाकलापको घोर भर्त्सना गर्दछौँ,’ नेता मनोजमणि आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सचिवालयले घटनामा विशेष महाधिवेशन पक्षधरहरूको संलग्नता रहेको भनेर गलत किसिमको प्रसार गरिएकोप्रति पनि आपत्ति जनाएको छ ।

‘घटना हुनुभन्दा अगावै ११:३५ बजे विशेष महाधिवेशन सचिवालयबाट पार्टी कार्यालयमा हाम्रो कार्यक्रम नभएको स्पष्ट पारिसकिएको अवस्थामा समेत पुनः गलत प्रचारप्रसार भएको हुँदा सो सम्बन्धमा हाम्री कुनै संलग्नता नरहेको र आगामी दिनमा समेत त्यस्तो किसिमको कुनै पनि हुल हुज्जत गर्ने तथा प्रदर्शन गर्ने कार्यक्रम नरहेको ब्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्दछौँ,’ वक्तव्यमा उल्लेख छ ।