काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मातहतका सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा निर्देशन दिएका छन्। प्रहरी मुख्यालयका अनुसार उक्त निर्देशन भर्चुअल कन्फ्रेन्समार्फत गरिएको हो।
निर्देशन सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले शान्ति सुरक्षा सुदृढीकरण, संगठनात्मक अनुशासन, सेवा प्रवाहको प्रभावकारिता तथा वर्तमान सुरक्षा चुनौतीका विषयमा ध्यान दिन आग्रह गरेका छन्। उनले जिम्मेवारी निर्वाहमा व्यावसायिकता, जवाफदेहिता र कानुनी मापदण्डको पालना अनिवार्य रहेको बताए।
सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी पनि सहभागी थिए। भर्चुअल कन्फ्रेन्समा देशभरका प्रहरी कार्यालय प्रमुखहरूको सहभागिता रहेको प्रहरी स्रोतले जनाएको छ।







