२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको दाबी : ‘कार्यकाल बाँड्दै दुई वटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्छौ’

अ+ अ-

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले कार्यकाल बाँड्दै दुई वटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने बताएका छन् ।

चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव भन्दा अगाडि गठबन्धन गरेर गठबन्धन गर्दै राज्य सत्ता हत्याउने अभियानलाई बन्द गर्ने बताए ।

उनले भने, ‘सभापति र अध्यक्ष एक एक वटा गर्दै कार्यकाल बाँड्दै, दुइटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने हो । एउटा पार्टीले अर्का पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो । चुनाव भन्दा अगाडि गठबन्धन गरेर गठबन्धन गर्दै राज्य सत्ता हत्याउने यो अभियानलाई बन्द गर्ने हो, यो युगलाई अन्त्य गर्ने हो ।’

पाँच वर्षको स्थायी सरकार बनाएर कहीँ कतै भागबन्डा नगरीकन पार्टीलाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने अभियानमा अघि बढेको बताए ।

उनले भने, ‘हामीले एकसेएक उम्मेदवारहरू लिएर अगाडि बढ्नु पर्ने छ । म रास्वपा परिवारमा जोडिएका साथीहरूलाई बताउन चाहन्छु, हामीले सबै तहमा ध्यान दिनुपर्ने छ । रास्वपामा जोडिने बित्तिकै म उम्मेदवार हुँ भन्दै घोषणा गर्दै हिँड्ने कामलाई हामीले बन्द गर्नुपर्छ, अब अनुशासित भएर अगाडि लाग्नुपर्छ साथी हो। राष्ट्रको आवश्यकता अनुसार हामीले यस पटक उम्मेदवार छान्नमा गल्ती गरेनौँ भने रास्वपाले एक सिट हार्दैन ।’