२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मैले धित मर्ने गरी काम गर्नै पाइनँ, अझै पाँच ठाउँमा तरबार झुन्डाइएको छ’ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साध्नेलाई माफी दिने ठुलो छाती आफ्नो रहेको बताएका छन्।

चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिशोधको राजनीति अन्त्य गर्ने बताए। उनले अब देशको भविष्य लेख्ने जिम्मा नेपाली जनताको हातमा सुम्पिदिएको बताए।

उनले भने, ‘आफ्नो भविष्य आफैँले लेख्ने हो। यिनलाई प्रतिपक्ष पनि नराख्ने हो। किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाहरूको टाउको र छातीमा ताकीताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई ? नराख्ने। मलाई कटाक्ष गर्नु छैन। पीर त छ मलाई, चित्त त दुखेको छ।’

उनले आफूमाथि राज्यले गरेको दमनले चित्त दुखेको बताए। उनले थपे, ‘यो कुरा मेरो निजी रहेन, मेरो व्यक्तिगत रहेन। यो त सिङ्गो देशको कुरा हो। मैले कारागारबाट भनेको थिएँ यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकि सिंगो देशलाई यिनीहरूले जेल बनाएका छन्। अब सिंगो देशलाई जेलबाट मुक्त गर्ने हो। यो लडाइँ बाँकी छ भने पनि मलाई लड्न कुनै आपत्ति छैन।’

उनले आफूमाथि अझै पाँच ठाउँमा तरबार झुन्डाइएको भन्दै जुनसुकै बेला खस्न सक्ने बताए। उनले भने, ‘त्यो तरबार खसोस् मलाई प्रवाह छैन। तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो। उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, तपाईँले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले धित मर्ने गरी काम गर्नै पाइनँ। म तपाईँको घर आँगनमा आउनै पाइनँ।’

उनले आफ्नो कार्यकालमा तीन वटा सार्वजनिक सुनुवाइ गर्न भ्याएको सुनाए। ‘पटक पटकको मुद्दा मामिला र झमेलाले मैले गरेका कयौँ बाचाहरू पुरा गर्न नै पाइनँ, त्यो अवसर नै पाइनँ। तर पनि तपाईँहरूले मेरा लागि बगाउनुभएको आँसु मलाई याद छ। त्यो आँसुको एउटा एउटा थोपा खेर फाल्न दिने छैन’ उनले भने।