काठमाडौँ । नेकपा एमालेले चुनाव केन्द्रित अस्थायी कार्य विभाजन गरेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मको अस्थायी कार्य विभाजन गर्दा मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष शाही सामुदायिक रेडियोका अभियन्ता समेत हुन् । उनी हाल सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष छन् ।
दुई कार्यकाल सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का केन्द्रीय अध्यक्ष रहेका शाहीले एक जिल्ला एक सामुदायिक रेडियो अभियान चलाएका थिए ।







