काठमाडौँ । न्याय सेवा आयोगले आठ जना कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
आयोगले शुक्रबार रिक्त रहेको नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प. प्रथम श्रेणी, सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।









