२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफी खेती प्रविधि तालिम’

अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफी खेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक कफी खेती प्रविधि तालिम’ प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी बिरुवा रोपेका किसानहरूका लागि पालिकाले सो तालिम प्रदान गरेको हो ।

गाउँपालिकाभित्रमा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका किसानहरूलाई दक्ष बनाउने उद्देश्यले प्रविधिसम्बन्धी तालिमको आयोजना गरेको महाभारत गाउँपालिका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताए । पालिकाका सबै वडाहरूबाट ४५ जना किसानलाई छनोट गरेर तालिम दिएको हो । सो क्रममा कफीको बिरुवा रोप्ने तरिकादेखि बिरुवा रेखदेख, फल टिप्ने विधि, सुकाउने र बजारीकरणलगायतका विषयमा प्रशिक्षण दिएको पालिकाले जनाएको छ ।

वडा नं ५ का वडाध्यक्ष विजय राना मगरले कफी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएपछि किसानहरूको आर्थिक उपार्जनसँगै दैनिकीमा समेत परिवर्तन हुँदै गएको बताए। वडाध्यक्ष मगरले धान, मकै र कोदो खेतीबाट माथि उठेर अझै कफीलाई व्यावसायिक रूपमा खेती गरेको खण्डमा जीवनस्तर उठ्न सकिने भएकाले अहिले प्रदान गरेको प्रविधिसम्बन्धी तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनालले भौतिक पूर्वाधारको विकाससँगै आधारभूत वर्गको जीवनस्तर उकास्ने ध्येय राखेर कफी खेती प्रविधि तालिम प्रदान गरेको बताए।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कृषिबाट यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि माटो परीक्षण गर्ने अभियान चलाउँदा सबैले के हुन्छ भनेर प्रश्न गरेको स्मरण गरे । उनले अहिले आएर कफी खेतीलाई व्यवसायीकरण गर्न थालेपछि त्यसको उत्तर कामबाट दिन सफल भएको बताए ।

‘यही कमाउने, यही रमाउने’ अभियानका साथ विगत पाँच वर्षबाट निरन्तर रूपमा काम गर्दै आएपछि अहिले सबैजसो किसान कफीतर्फ आकर्षित हुन थालेको उनले बताए। त्यसको लागि सक्दो मेहनत गर्न आग्रह गर्दै आवश्यक सहयोगको लागि गाउँपालिका तयार रहेको र आगामी दिनमा महाभारतलाई कफीमार्फत पर्यटकलाई आकर्षित गर्दै कफीको हबको रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष जिम्बाले बताए।

तालिममा केन्द्रीय कफी सहकारी संघका अध्यक्ष तुलसीराज धितालले सहजीकरण गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको हो । पालिकाले अहिलेसम्ममा तीन लाख ३१ हजार बिरुवा वितरण गरिसकेको छ । चार हजार ५०० रोपनी क्षेत्रफलमा कफी खेती हुँदै आएको महाभारत गाउँपालिकामा एक हजार ९२० परिवारले कफी खेती गर्दै आएका छन् ।