२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

अ+ अ-

काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ । पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्र प्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उनको पहिलो औपचारिक गीति कृति हो ।

भोजपुरको चरम्बिमा जन्मिएका ढकालले शिक्षण पेसाबाट करिअर सुरु गरी करिब ३५ वर्ष निजामती सेवामार्फत राष्ट्र सेवा गरेका थिए । एल्बममार्फत उनले आफ्ना सिर्जनात्मक सपनाको औपचारिक सुरुवात गरेका हुन्।

एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमती हिरादेवी ढकाल रहेका छन् । कार्यक्रममा उनले गीतकार ढकालको साहित्यिक तथा संगीत यात्राको सफलताको कामना गरे । एल्बमको सम्पूर्ण संगीत शक्ति बल्लभले दिएका छन् । 

एल्बममा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, सुमित खड्का र रचना रिमालको स्वरमा पाँच वटा गीत समावेश छन् । लोकार्पण कार्यक्रममा कवि तथा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, कवि तथा गीतकार एवं नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइराला, पूर्वमन्त्री टंक ढकाललगायतको उपस्थिति थियो । 

पूर्वमन्त्री टंक ढकालले नेपाली साहित्य र प्रतिभाको विकास आवश्यक रहेको उल्लेख गर्दै ‘हिमाली सुस्केरा’ले साहित्यिक इतिहासमा अर्को इँटा थपेको बताए । सरल शब्द र लोक लवजको लेखाइ प्रयोग गरिएको लेखाइले देश, प्रकृति र विकास प्रेम झल्किने संगितकार बल्लभले उल्लेख गरे ।