काठमाडौँ । बढुवा समितिको सचिवालयले चार जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको शनिवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि निराकार थापा रहेका छन् । यस्तै, नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूहतर्फ स्वतन्त्र कुमार कर्ण रहेका छन् ।
यसैगरी नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन समूहतर्फ अनिल भुजेल र नेपाल इन्जिनियरिङ सेवा, मेटेरियोलोजी समूहतर्फ सन्नी महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।








