२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराई गोरखाको दुवै क्षेत्रबाट सिफारिस

अ+ अ-

काठमाडौँ । गोरखाको दुवै निर्वाचन क्षेत्रबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले डा. बाबुराम भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ ।

शनिबार बसेको प्रलोपाको जिल्ला समिति बैठकले पार्टीको संरक्षकसमेत रहेका भट्टराईलाई दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो । उम्मेदवार सिफारिसमा दुवै क्षेत्रबाट भट्टराईको नाम पहिलो नम्बरमा रहेको छ ।

क्षेत्र नम्बर १ बाट भट्टराईसहित शारदाप्रसाद धिताल, बाबुराम नेपाली, अर्जुन पन्त र साधुराम नेपालीको नाम सिफारिस भएको प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले बताए । त्यस्तै, क्षेत्र नम्बर २ बाट भट्टराईसहित बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ ।

गोरखाका दुईमध्ये एक क्षेत्रबाट चुनाव लड्न सहजताका लागि भट्टराईको नाम दुवै क्षेत्रबाट सिफारिस गरिएको भट्टले बताए ।

केही दिनअघि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइडमा बोल्दै भट्टराईले भनेका थिए, ‘अहिले नयाँ पुस्ताका रूपमा जेन जेड आएको छ । उनीहरूलाई नै अगाडि सार्नुपर्छ भन्ने मेरो सुविचारित धारणा हो । म अब सक्रिय सत्ताको राजनीति गर्दिनँ । उम्मेदवारीमा त म नउठ्ने नै हो । निर्वाचनमा प्रत्याशी हुन्नँ ।’

उनले चुनावमा नउठ्ने भने पनि जिल्ला र प्रदेशबाट निर्वाचन लड्नपर्छ भनेर आफूहरूले भनिरहेको भट्टको भनाइ छ । ‘उहाँसँग भिजन पनि छ, संसद्‍मा आफ्ना कुरा स्पष्ट राख्न सक्ने र संसद्कै अभिभावक पनि बन्न सक्नुहुन्छ भनेर चुनाव उठ्न दबाब दिएका हौँ,’ उनले भने ।

त्यस्तै, गोरखाबाट दिनेशबाबु जोशी, इन्दिरा बस्ताकोटी, महेश गुरुङ, नारायणी अधिकारी र लालबहादुर विक समानुपातिक बन्द सूचीमा रहेको पनि भट्टले जानकारी दिए ।