काठमाडौँ । बढुवा समितिको सचिवालयले पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको मंगलवार नेपाल कृषि सेवा, भेटेरिनरी समूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि डा. सुलेश्वर मण्डल रहेका छन् । यस्तै, पोषण तथा गुण नियन्त्रण समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत प्रक्षा न्यौपाने र जनरल फरेष्ट्री समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत राम लखन ठाकुर, लोकनाथ घिमिरे र राम बाबु यादवलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना








