काठमाडौँ । सशस्त्र प्रहरी स्थापनाको रजत महोत्सवको उपलक्ष्यमा आयोजित पूर्व-पश्चिम झण्डा मार्च कार्यक्रम अन्तर्गत पश्चिमबाट आएको सशस्त्रको टोली कपिलवस्तु पुगेको छ ।
सीमानाका हुँदै दाङबाट आएको पूर्व-पश्चिम पैदल झण्डा मार्च टोलीलाई सशस्त्र प्रहरी वल २९ नं. गण, ज्वालामाई दाङका गणपति सशस्त्र उपरीक्षक मनोज धितालले सशस्त्र प्रहरी २८ नं. गण कपिलवस्तुका गणपति सशस्त्र उपरीक्षक नेत्र केसीलाई हस्तान्तरण गरेका थिए ।
बुधबार बिहान पश्चिमको विजयनगर गाउँपालिका-५ स्थित ठकुरापुरमा रहेको सीमा स्तम्भ नं. ५७८.४ मा पूर्व-पश्चिम मार्च टोलीलाई झण्डा हस्तान्तरण गरिएको थियो ।
त्यसपछि सशस्त्रको ३५ जनाको टोलीले कपिलवस्तुका सीमा नाकामा पैदल यात्रा गर्दै झण्डा मार्च सुरु गरेका छन् । सीमा नाका कृष्णनगर, भिल्मी, हदौना, मर्यादपुर चाकरचौडा हुँदै शुद्धोधन गाउँपालिकाको घेराउजोतमा सशस्त्रको रुपन्देहीलाई पूर्व-पश्चिम झण्डा मार्च बुझाइनेछ ।
गत पुस २० गतेदेखि पूर्वको इलाम र सुदूरपश्चिमको गड्डा चौकीबाट उक्त अभियान सुरु भएको थियो । माघ ७ गते पर्सामा अभियान समापन हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि माघ ९ गते सशस्त्रको स्थापना दिवस परेका समापन कार्यक्रम केही दिनपछि सारिएको बताइएको छ । सीमा नाकामा सचेतना गर्दै टोली पैदल मार्च गर्दै हिँडेको छ







