२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’

अ+ अ-

काठमाडौँ । विशेष महाधिवेशनबाट चुनिएका नेपाली काँग्रेस सभापति गगनकुमार थापाले नयाँ  नेतृत्वको अभिलेख निर्वाचन आयोगले अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। 

बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समय सीमालाई पनि ख्याल गरी चाँडो निर्णय गरिदिन पनि आग्रह गरेको बताए। ‘नेपाली काँग्रेसले विशेष महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको अवस्था छ। यसबारे निर्वाचन आयोगमा लिखित र मौखिक रूपमा अद्यावधिकका लागि बुझाएका छौँ, ‘उनले भने,’निर्वाचन आयोगले चाँडोभन्दा चाँडो काँग्रेसको विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्छ भन्ने कुरामा पूर्ण विश्वस्त छु।’

उनले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विवरण अद्यावधिक गराउनका लागि तथ्य, प्रमाण  र आवश्यक कागजात बुझाएको बताए। उनले विशेष महाधिवेशन सुरु भइसकेपछि पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएको जानकारी समयमै निर्वाचन आयोगलाई गराइसकेको जिकिर गरे।

बिहीबार बसेको नयाँ कार्यसमितिको बैठकपछि सभापति थापा नेतृत्वको पदाधिकारीहरू विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको अद्यावधिकका लागि निर्वाचन आयोग पुगेका छन्। सभापति थापासँगै उपसभापति विश्व प्रकाश शर्मा पनि छन्। 

थापा नेतृत्वमा काँग्रेसले पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरेको थियो।  विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।