२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : ‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर चुनाव हुनेमा ढुक्क हुन अनुरोध गरेका छन् ।

उनले आज भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटनपछि चुनाव हुने नहुनेबारे सबैको मनमा प्रश्न जन्मिएको भन्दै सरकार, राजनीतिक दलहरू र नेपालको विषयमा चासो राख्ने कूटनीतिक क्षेत्रले पनि निर्वाचन चाहेको भन्दै निर्वाचन हुनेमा ढुक्क हुन अनुरोध गरेका हुन्।

‘हामी अहिले निर्वाचनको मुखमा छौँ । मानिसहरू सबैले सोधिराख्छन्, हुन्छ र चुनाव ? मैले भने चुनाव हुन्छ’, ‘प्रचण्ड’ले भने,–पहिला संविधान सभा चुनावको बेला पनि भोलि चुनाव छ अघिल्लो दिनसम्म पनि हुन्छ र हुँदैन भन्ने थियो । तर, चुनाव भयो । अहिले पनि चुनाव हुन्छ ।’

उनले निर्वाचन आयोगमा समानुपातिक लिस्ट पनि गइसकेको अवस्था र प्रत्यक्ष निर्वाचनको मनोनयन गर्ने दिन पनि नजिक आइसकेको अवस्था रहेको बताउँदै आफ्नो पार्टीले प्रत्यक्षतर्फ टिकट बाँड्न पनि थालेको उनको भनाइ छ ।

उनले भने, ‘मैले त दलको तर्फबाट हिजोबाट टिकट बाँड्न सुरु गरिसकेँ । हिजो काठमाडौँमा टिकट बाँडेर चितवन आएको । मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरूको जसरी अगाडि बढेका छन् । जनता पनि चुनावी मानसिकता लिएर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । ’

‘प्रचण्ड’ले चुनाव विना अर्को कुनै विकल्प यो देशको लागि अहिले उपयुक्त नभएको पनि तर्क गरेका छन् । ‘प्रचण्ड’ले भने, अरू विकल्प असहज छ । अरू दुर्घटना निम्त्याउने कारक बन्न पनि सक्छ । त्यस कारण निर्धारित समयमा स्वच्छ, निष्पक्ष चुनाव गराउन हामी सबैले योगदान गर्नुको विकल्प मैले केही पनि देखेको छैन ।’

भाषणका क्रममा भदौ २३ र २४ को परिस्थिति पछि २६ गतेको रात आफू लगायत राजनीतिक दलका नेतृत्वलाई राष्ट्रपति र प्रधानसेनापतिले बोलाएर कसरी देशलाई निकास दिने भनेर गरेको छलफलमा तत्काल अन्तरिम सरकार बनाएर निर्वाचनमा जानुपर्ने तर्क राखेको बताउँदै उनले राष्ट्रको गरिमा जोगाउन पनि जनतामा जानुको विकल्प नभएको बताए ।

त्यसै गरी नेपाली काँग्रेस पार्टीको विशेष महाधिवेशन र फुटको अवस्थाका कारण अहिले निर्वाचन नहुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग तथा सुरक्षा संयन्त्रसँग बुझ्दा काँग्रेस फुटेर निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको उनको भनाइ छ ।

‘प्रचण्ड’ले सबैतिरबाट काँग्रेसको फुटले निर्वाचन प्रक्रियालाई असर पार्छ पार्दैन भन्ने जिज्ञासा भएकोले भरे भोलिसम्म नेपाली काँग्रेसको विभाजन र आधिकारिकताको विवादबारे केही न केही निरूपण हुने र निर्वाचन प्रक्रिया अघि बढ्ने दाबी गरे । उनले थपे,-काँग्रेसको आधिकारिकताको निरूपणपछि निर्वाचन प्रक्रियामा जान्छ । सरकार पनि प्रतिबद्ध देखिएको छ । अन्य राजनीतिक दलहरू पनि प्रतिबद्ध देखिएका छन् । यो परिस्थितिमा सहजीकरण गर्न अपिल गर्न चाहन्छु ।’