२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पलगायत विपदबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न गृहमन्त्री अर्यालको आह्वान

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । 

२८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दिगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताए ।

मन्त्री अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । उनले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुन:निर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

‘प्रविधिमा आधारित बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सक्दा पूर्वतयारीमा मद्दत पुग्न गई जनधनको क्षति कम हुन्छ, ‘गृहमन्त्री अर्यालले भने, ‘भूकम्पीय सुरक्षाका लागि सबै तहका सरकार र नागरिकको तयारी महत्वपूर्ण हुन आउँछ । भूकम्पबाट सुरक्षित घर, समुदाय एवं राष्ट्र निर्माण हामी सबैको जिम्मेवारी बनेको छ ।’

उनले भूकम्पलगायत विपद्बाट सुरक्षित रहन व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको प्रभावकारी र परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताए । नेपालले विगतका तुलनामा भूकम्पलगायत विपद् प्रतिकार्यमा क्षमता विकास गरिरहेको जनाउँदै गृहमन्त्री अर्यालले भूकम्पलगायत विपद्सम्बन्धी बुझाइका दायरा पनि विस्तार हुँदै गएको बताए ।

‘पूर्वतयारी तथा बलियो संरचना निर्माणको चेतना विस्तार भएको छ । स्थानीय तहहरूले भवनसंहिताको पालना गराउने कार्यलाई अनिवार्य गराउँदै लगेको छन् । नागरिकमा पनि नक्सा पास गरेर मापदण्डअनुसारको घर निर्माण गर्नुपर्छ भन्ने सोच विकास हुँदै गएको छ, ’उनले भने ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी र सतर्कता अनिवार्य रहेको बताए । ‘विकास निर्माणमा विपद् जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा नसोची दिगो विकास सम्भव छैन, ’उनले भने, ‘भूकम्पको जोखिम न्यूनीकरण र पूर्वतयारी अनिवार्य सर्त हो ।’

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भूकम्पलगायत प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि संघ, प्रदेश र स्थानीय तहको सरकारबीच समन्वय आवश्यक रहेको बताइन् । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नाराका साथ आज भूकम्प सुरक्षा दिवस मनाइएको हो ।