काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन र निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक आह्वान गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासन स्रोतका अनुसार निर्वाचन आचारसंहितासम्बन्धी विषयमा छलफल गर्न निर्वाचन आयोगको टोली र क्याबिनेट मन्त्रीहरू सहभागी बैठक आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने तय भएको छ।
बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा सरोकारवालाबीच विचार-विमर्श गरिने तथा आचारसंहिता लागू भएपछि अपनाउनुपर्ने कार्यविधि र दायित्वबारे समेत छलफल हुने जनाइएको छ।







