काठमाडौँ । आन्तरिक राजस्व विभागले ४० जना कर अधिकृतको सरुवा गरेको छ । विभागले आइतबार देशभरका आन्तरिक राजस्व कार्यालयहरूमा कार्यरत कर अधिकृतहरूको सरुवा गरेको हो ।
कार्यालय खारेजीमा परेपछि फाजिलमा परेका कर अधिकृतहरूलाई विभाग तथा विभिन्न कार्यालयहरूमा मिलान गरिएको विभागले जनाएको छ ।







