काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले विशेष चुनावी अभियानको प्रारम्भ गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शनसहित राष्ट्रिय सभागृहमा सभामार्फत अभियानको सुरुवात गरिएको हो ।
जनप्रदर्शन र सभामा काठमाडौँ उपत्यकासहित यस प्रदेशका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
एमालेका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले आफूहरू निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्र गतिमा लागेको बताए ।
एमालेको राजधानी विशेष कमिटीले यसअघि कमिटीको घोषणासहित चुनावी अभियार सुरु गरिसकेको छ ।







