काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नम्बर ५ बाट सस्मित पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।
पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको सल्लाहकारका रूपमा शिक्षा विभागमा काम गरेका थिए।
पार्टीले स्थानीय उम्मेदवार उठाउनु पर्ने दबाबका कारण पोखरेललाई टिकट दिएको एक नेताले जानकारी दिए।







