काठमाडौँ । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर-२ मा ठाकुर गैरेलाई टिकट दिएको छ ।
एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्तीले गैरेको टिकट फाइनल भएको जानकारी दिए । यसअघि पाल्पा-२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए ।
आइतबार एकल सिफारिस भएको रूपन्देही-२ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा-२ मा राम बहादुर राउतले टिकट पाएका थिए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।







