काठमाडौँ । ८७ वर्ष उमेरका स्वतन्त्र उम्मेदवार मदनदेव आचार्यले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आचार्यले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ ।







