काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित पौडेल उम्मेदवारी दर्ताका लागि पुगेका हुन्।
उम्मेदवारी दर्तापछि बोल्दै उपाध्यक्ष पौडेलले अब रुपन्देहीको विकास थप उचाइमा पुर्याउने र अलपत्र आयोजना सक्ने बताए ।
संविधान र लोकतन्त्रको रक्षाका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताउँदै पौडेलले अबको जित लोकतन्त्र पक्षधरको हुनुपर्ने बर्ताए ।
पौडेलले यसअघि रुपन्देहीबाट ४ पटक चुनाव जितिसकेका छन् । उनी पटक(पटक अर्थमन्त्री र उपप्रधानमन्त्री बनेका छन् ।







