२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय कार्यालयमा पहिलो औपचारिक बैठक, थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भेला हुने भएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार काठमाडौँमा उपस्थित रहने नेताहरूको सहभागितामा बैठक आयोजना गर्न लागिएको हो।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो। यद्यपि, निर्वाचित भएपछि थापाले प्रारम्भिक दुई बैठक तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी संसदीय बोर्डको बैठक होटेलमै आयोजना गरेका थिए। यसअघिसम्म नयाँ नेतृत्व औपचारिक रूपमा केन्द्रीय कार्यालय पुगेको थिएन।

पार्टी स्रोतका अनुसार शुक्रबार बस्ने बैठकले सभापति थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काँग्रेसको प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा सार्वजनिक गर्ने निर्णय गर्ने तयारी छ। निर्वाचनको मिति नजिकिँदै जाँदा अन्य दलहरूले पनि आ–आफ्ना प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साहलाई उम्मेदवार घोषणा गरेको छ।

काँग्रेसभित्र विशेष महाधिवेशनको वैधताबारे विवाद कायमै रहँदै आएको छ। गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूको पहलमा विशेष महाधिवेशन आह्वान भएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असहमति जनाएको थियो। यद्यपि, देउवा समूहका नेताहरूले औपचारिक रूपमा आपत्ति जनाए पनि थापाकै हस्ताक्षर भएको टिकटमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

यसैबीच, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तर, सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिसकेको छ।