२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि संयुक्त सञ्चालन केन्द्र स्थापना

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संयुक्त रूपमा कार्यान्वयन गर्ने निर्वाचन सञ्चालन केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

आइतबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गर्दै निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य रहेको स्पष्ट पारेका छन्।

फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन स्थापना गरिएको यस केन्द्रमा निर्वाचन आयोगका पदाधिकारीसँगै सुरक्षा निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने व्यवस्था गरिएको छ।

केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार संयुक्त केन्द्रले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक प्रशासनिक तथा सुरक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।