२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोसी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेस-एमालेका तीन सदस्य निर्वाचित

अ+ अ-

काठमाडौँ । कोसी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य छनोटका क्रममा तीन जनाले सफलता हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार नेपाली काँग्रेसबाट सुनिलबहादुर थापा तथा नेकपा एमालेबाट सोम पोर्तेल र रोशनी मेचे राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका हुन् ।

यस निर्वाचनमा कुल तीन पदका लागि प्रक्रिया अघि बढाइएको थियो । काँग्रेसका थापा यसअघि नै निर्विरोध रूपमा चयन भइसकेका थिए भने बाँकी दुई पदका लागि आइतबार मतदान सम्पन्न भएको थियो । सो मतदानबाट एमालेका पोर्तेल र मेचे विजयी भए । प्रतिस्पर्धामा रहेका नेकपा (एकीकृत समाजवादी) का खेम सुन्दास र नमिता न्यौपाने पराजित भएका छन् ।

नवनिर्वाचित सदस्य थापा पूर्वमन्त्रीसमेत रहिसकेका नेता हुन् । उनी संविधानसभा निर्वाचन २०७० मा धनकुटा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका थिए ।

एमालेले कोसी प्रदेशका लागि दलित समुदायको कोटामा पोर्तेललाई उम्मेदवार बनाएको थियो । उनी यसअघि झापा जिल्ला समन्वय समितिमा पाँच वर्षसम्म जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यसैगरी, रोशनी मेचे झापा जिल्लाकै निवासी हुन् । अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्दै उनी यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत थिइन् । निर्वाचनमा उनले ७ हजार १७३ मतभार प्राप्त गरी विजय हासिल गरेकी हुन् ।

कोसी प्रदेशतर्फको राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका ८७ सदस्य तथा स्थानीय तहका २५८ जना जनप्रतिनिधिले मतदान गरेका थिए । निर्वाचन प्रक्रियामा एमाले, काँग्रेस र जनता समाजवादी पार्टीबीच सहकार्य भएको थियो ।