काठमाडौँ । प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय मोहन सिंह धामी र ईसामाया केसी प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले प्राविधिक स्वास्थ्य समूह विधि विज्ञानतर्फका धामी र स्वास्थ्य उप-समूह नर्सीङतर्फकी केसीलाई एसपी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।









