२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार सम्बन्धी कानुनी संरचना पूर्ण कार्यान्वयनतर्फ, नियमावली स्वीकृतिको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले भन्सार व्यवस्थापनसम्बन्धी कानुनी प्रबन्धलाई व्यवहारमा उतार्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ। अर्थमन्त्री रामेश्वर खनालका अनुसार भन्सार ऐन लागू भइसके पनि आवश्यक नियमावली अभावका कारण कार्यान्वयनमा देखिएको अवरोध अब हट्ने तयारीमा छ।

राजधानीमा आयोजित अन्तर्राष्ट्रिय भन्सार दिवससम्बन्धी कार्यक्रममा मन्त्री खनालले भन्सार ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार, सम्भव भएमा भन्सार नियमावली आजै मन्त्रिपरिषदमा पेश गरिनेछ।

निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउने र भन्सार प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यसहित ऐन जारी गरिएको स्पष्ट पार्दै उनले सरकारले यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए। ऐनसँग सम्बन्धित कतिपय दण्ड व्यवस्थाबारे चासो र गुनासो व्यक्त भइरहेकाले दण्ड प्रयोग गर्नै नपर्ने अवस्था सिर्जना गर्नु सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य हुनुपर्नेमा उनले जोड दिए। भन्सार प्रशासन, अर्थ मन्त्रालय र निजी क्षेत्रबीच सहकार्य बढ्दै गए दण्डात्मक कारबाही न्यूनीकरण गर्न सकिने उनको धारणा थियो।

अर्थमन्त्री खनालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गर्ने उद्देश्यले क्षमता विकासका कार्यक्रम अघि बढाउन अर्थ मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए। साथै, भन्सार सुधार तथा आधुनिकीकरणसम्बन्धी रणनीति शीघ्र सार्वजनिक गरी कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए।

आफू निजी क्षेत्रमैत्री आर्थिक नीतिमा विश्वास गर्ने अर्थमन्त्री भएको उल्लेख गर्दै खनालले भन्सार प्रणाली सुधार र समग्र आर्थिक व्यवस्थापन सुदृढ बनाउन निरन्तर प्रयास भइरहेको स्पष्ट पारेका छन्।