२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको घरदैलो अभियान तीव्र, बालेनको पक्षमा मत माग्न झापा पुगिन पत्नी सविना

अ+ अ-

काठमाडौँ । झापा-५ निर्वाचन क्षेत्रअन्तर्गत दमक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ। उम्मेदवार बालेन्द्र साह (बालेन) मनोनयन दर्तापछि केही दिन क्षेत्रमै बसेर फर्किएपछि हाल पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अभियान अघि बढाइरहेका छन्।

पार्टीका अनुसार सोमबार बिहान दमक-९ को उराव बस्तीबाट सुरु गरिएको घरदैलो कार्यक्रम पाणिनी स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर टुंगिएको थियो। सो क्रममा पार्टी प्रतिनिधिहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, गुनासा र सुझाव संकलन गरेका छन्।

घरदैलो अभियानमा महिला तथा युवा सदस्यहरूको सक्रिय सहभागिता देखिएको छ। उम्मेदवारका पक्षमा मत माग्न उनकी पत्नी सविना साह पनि दमकमा उपस्थित भई अभियानमा सहभागी भएको पार्टीले जनाएको छ।

यसैक्रममा दिउँसो ३ बजेदेखि कमल गाउँपालिका-५ को पाडाजुगी चोकबाट अर्को घरदैलो कार्यक्रम सञ्चालन गर्ने तालिका तय गरिएको छ। कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र सशस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्बिका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गर्ने योजना रहेको पार्टीले जानकारी दिएको छ।