२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजस्व प्रणाली सुदृढीकरणका लागि भन्सार प्रक्रियामा तथ्यपरक दृष्टिकोण आवश्यक’ : अर्थ सचिव उपाध्याय

अ+ अ-

काठमाडौँ । अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार व्यवस्थापन प्रणाली यथार्थपरक आधारमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका छन् । 

भन्सार प्रक्रिया व्यवहारिक र वस्तुगत बन्दै जाँदा राजस्व संकलनका क्षेत्रहरू क्रमशः पारदर्शी र विश्वासयोग्य हुने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले हाल भन्सार प्रशासनमा ग्याट मूल्यांकन प्रणालीलाई अनलाइन माध्यममा समावेश गरिएको कार्यलाई महत्वपूर्ण सुधारको रूपमा उल्लेख गरे । यस किसिमका प्रविधिमैत्री पहलहरूले भन्सार व्यवस्थापनलाई आधुनिक बनाउँदै राजस्व प्रणालीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए ।

उनका अनुसार भन्सार मूल्यांकन प्रक्रियामा देखिँदै आएको भिन्नतालाई कम गर्न र एकरूपता कायम गर्न अनलाइन प्रणालीको प्रभावकारी प्रयोग आवश्यक छ । यस दिशामा अघि बढाइएका पछिल्ला प्रयासहरूले समग्र राजस्व संकलनमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।

अर्थ सचिव उपाध्यायले भन्सार प्रशासनलाई तथ्यमा आधारित, प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले सुधारका काम निरन्तर अघि बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।