२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन पाँच राजनीतिक दलहरूको साझा प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, सुरक्षित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित धादिङ जिल्लाका प्रमुख राजनीतिक दलहरूले संयुक्त सहमति जनाएका छन्। निर्वाचन प्रक्रियामा शान्ति र मर्यादा कायम राख्ने विषयमा दलहरूबीच साझा दृष्टिकोण बनेको हो।

धादिङबेसीमा मंगलबार बिहान सम्पन्न छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला तहका नेतृत्व तथा दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सहभागिता रहेको थियो। छलफलपछि दलहरूले निर्वाचनलाई विवादरहित र जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता सार्वजनिक गरेका छन्।

सहमतिको लिखित दस्तावेजमार्फत दलहरूले जिल्लामा सामाजिक सद्भाव, राजनीतिक स्थिरता र आपसी विश्वास कायम गर्दै दीर्घकालीन विकास, सुशासन र समावेशी समाज निर्माणका लागि सहकार्य गर्ने उल्लेख गरेका छन्। निर्वाचन परिणाम जेसुकै भए पनि जिल्लाको साझा हितका विषयमा मिलेर काम गर्ने सहमति समेत जनाइएको छ।

दलहरूले निर्वाचन प्रचारप्रसारका कार्यक्रमलाई संयमित, खर्चिलो नबनाई मर्यादित र मित्रवत् ढंगले सञ्चालन गर्ने, मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोग पुर्‍याउने तथा प्रतिस्पर्धी दल र उम्मेदवारप्रति सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी, निर्वाचन अवधिमा देखिन सक्ने विवाद वा मतभेदलाई संवाद र समन्वयका माध्यमबाट समाधान गर्ने तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता–२०८२ लाई पूर्ण रूपमा पालना गर्ने विषयमा पनि दलहरू सहमत भएका छन्।

संयुक्त रूपमा जारी गरिएको जानकारीमार्फत सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, नागरिक समाज र सञ्चार क्षेत्रलाई निर्वाचनलाई सफल बनाउन सहयोग, निगरानी र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

उक्त छलफलमा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा (एमाले) धादिङका कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, नेपाली कम्युनिस्ट पार्टी धादिङका संयोजक मनराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका संगठन सचिव रामहरि रिजाल र राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका अध्यक्ष ध्रुवप्रसाद खनालसहित दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहेको थियो। संयुक्त प्रतिबद्धता पत्रमा सम्बन्धित उम्मेदवार र दलका प्रमुखहरूले हस्ताक्षर गरेका छन्।