काठमाडौँ। काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।







