२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्र भण्डारीको दाबी : ‘चुनावपछि काँग्रेस पहिलो पार्टी, गगन प्रधानमन्त्री’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं गुल्मी २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि देशभर काँग्रेसको पक्षमा लहर आएको दाबी गरेका छन् ।

नेपाली काँग्रेस गुल्मी रुपन्देही सम्पर्क समाजले बुटवलमा गरेको अन्तरक्रियामा भण्डारीले काँग्रेस इतिहास बोकेको भरोसायोग्य पार्टी भएको तथा युवा नेता गगन थापा सभापति चयन भएकाले अब पनि काँग्रेस नै पहिलो पार्टी बन्ने दाबी गरे ।

२१ फागुनको निर्वाचनका लागि काँग्रेसले ११० जना नयाँ उम्मेदवार उठाएको तथा आर्थिक अपचलनको आरोप खेपेका कसैलाई पनि उम्मेदवार नबनाएकाले जनताले काँग्रेसलाई जिताउने उनको तर्क छ ।

विगतमा भएका कमी कमजोरी सच्याएर अघि बढ्न विशेष महाधिवेशनले गगनलाई  सभापति बनाएको बताएका भण्डारीले काँग्रेस विभाजनबाट जोगिएर एक ढिक्का बनेको बताए ।

‘विशेष महाधिवेशनपछि मधेशसहित देशभर काँग्रेसको पक्षमा लहर आएको छ, ६ महिनाअघि काँग्रेसको महाधिवेशन भएको भए बालेन्द्र शाह पनि काँग्रेसमा आउँथे,’ भण्डारीले भने, ‘अब काँग्रेसका नेता कार्यकर्ताले युवा र महिलालाई चुनावी अभियान र सामाजिक सञ्जालमा सक्रिय बनाई सामाजिक सञ्जालमा आउने भ्रम चिर्ने हो भने काँग्रेसको बहुमतलाई कसैले रोक्न सक्दैन ।’

राजनीतिमा समर्पण, योगदान, जेल नेलको महत्व नभएको गलत भाष्य बनाइएको भन्दै उनले काँग्रेसका युवा कार्यकर्ताले यसलाई चिर्न आवश्यक रहेको बताए । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा सुरुमा आफूले उठाएको भन्दै उनले गगन प्रधानमन्त्री भए सुशासन, पारदर्शिता आउने तथा बिचौलियातन्त्र अन्त्य हुने दाबी गरे ।