२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्ध प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी

अ+ अ-

काठमाडौँ । गुठी संस्थानले निर्वाचन आचारसंहिता विपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ ।

संस्थानले निर्वाचन आचारसंहिता विपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आयोगले माघ ४ गते राति १२:०० बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । आचारसंहिताको दफा ३ को (ज)मा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने उल्लेख छ ।

संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको उनको सचिवालयका हरिश गोले तामाङले जानकारी दिए । संस्थानले निर्वाचन आचारसंहिता लागू भएकै दिन माघ ४ गते नै प्रमुख लामा भूपतिबज्र लामासँग स्पष्टीकरण सोधेको थियो । 

आचारसंहिता उल्लंघन गरेको भनी आयोगमा परेका उजुरीको छानबिन गरी अहिले विभिन्न राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र संस्था गरी अहिलेसम्म आयोगले १५ स्पष्टीकरण सोधि सकेको सहायक प्रवक्ता जिसीले बताए ।