२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको सहरी आकर्षण कमजोर बन्दै गएको बर्षमान पुनको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै त्यसमा स्पष्ट राजनीतिक दर्शन र वैचारिक आधारको अभाव रहेको टिप्पणी गरेका छन्।

ललितपुर-१ मा आयोजित पार्टीको चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रास्वपालाई सुसंगठित राजनीतिक दलभन्दा पनि विचार, नीति, एजेन्डा र ऐतिहासिक पृष्ठभूमिबिनाको समूहको रूपमा चित्रित गरे। उनका अनुसार नयाँपनको दाबी गरे पनि पार्टीले स्पष्ट वैचारिक दिशा प्रस्तुत गर्न नसकेको छ।

पुनले २०७९ सालको निर्वाचनमा पुराना दलप्रति असन्तुष्ट सहरी मतदाताको समर्थनका कारण रास्वपाले सफलता पाएको भए पनि हाल त्यही क्षेत्रमा प्रभाव घट्दै गएको दाबी गरे। उनले काठमाडौँका २, ६, ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाप्रतिको आकर्षण कमजोर हुँदै गएको उल्लेख गर्दै यसले मतदाताले दीर्घकालीन संगठन र विचार भएका दलको आवश्यकता महसुस गर्न थालेको संकेत गर्ने बताए। ती क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूलाई यसपटक सफलता मिल्न नसक्ने उनको अनुमान छ।

आर्थिक नीतिका सन्दर्भमा पुनले रास्वपाले अघि सारेको ‘सक्नेले गर्ने’ अवधारणा देशको सामाजिक यथार्थसँग मेल नखाने आरोप लगाए। शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा पहुँच क्षमताका आधारमा सीमित गर्ने उदारवादी सोचप्रति रास्वपा झुकेको उनको भनाइ थियो।

साथै, सामाजिक सञ्जालमार्फत स्थापित पुराना दल र नेतामाथि आक्रामक आलोचना गरेर उदाएको रास्वपाको राजनीतिक भविष्य दीर्घकालीन नहुने दाबी पनि पुनले गरेका छन्।